• Participants
  • Career opportunities
  • Contact us
  • FIN
  • EST
  • RUS
  • SWE
  • NEP
  • CHN

logo


  • About
    • Objectives
    • Expected Results
  • Structure
  • Training
  • Ethics
  • Events
  • Publications
  • Exploitation of the results and IPR issues
facebook


पार्किन्सन्स रोग (PARKINSON’S DISEASE)
यस संसारमा पार्किन्सन्स रोग (PARKINSON’S DISEASE) लागेका रोगीको संख्या साठी लाख रहेको छ | यो रोग लाग्ने क्रम बढ्दो छ र प्रत्येक तीस सेकेन्डमा एउटा रोगी दर्ता हुने गरेका छन | हालको बेलामा उपलब्द उपचारले रोगका लक्ष्यणहरुमात्र न्यूनीकरण गर्न सक्छन तर रोग लाग्न नदिन वा रोग लागेपछी रोग निको पार्न उपचारहरू असक्षम छन् |
यसै वर्ष हेलसिन्की बिश्वबिधालय (University of Helsinki) का बैज्ञानिकहरु र मोलकोड लिमिटेड (MOLCOD Ltd.) को संयुक्त आयोजना स्वरुप यस (पार्किन्सन्स रोग) को उपचार पद्धति तथा रोगको बिरुद्ध लड्न सक्ने क्षमताको विकास गर्ने लक्ष्य सहित अघी बढेका छन् | ऐले ब्याप्त रहेको उपचार पद्धति को सेरोफेरोमा रहेर खराब भएका दिमागी नसाहरु (Neurons) लाई पुनर्जीवित गराउन र ती नसाहरुको लड्न सक्ने शक्ति बढाउन एउटा नया औसधीको आविस्कारनै मुख्य लक्ष्य रहेको छ |
अनुसन्धानरत बैज्ञानिकहरुले पार्किन्सन्सका रोगीहरु माथी गरिएको परीक्षणमा जी डी एन एफ (GDNF) नामक प्रोटिन (Protein) ले खराब भएका दिमागी नसाहरु पुनर्जनन (Revive) गर्न सक्ने कुरा पत्ता लगाएका छन् तर त्यस प्रोटिनको कमजोर औषध विशेषता (Weak Pharmacological Characteristics) को कारणले गर्दा त्यसलाई प्रयोगमा ल्याउन सकिएको छैन | अर्को फड्कोको रुपमा जी डी एन एफ प्रोटिन जस्तै काम गर्न सक्ने औषध विशेषता भएका साना अणु (Small Molecules With Strong Pharmacological Characteristic) हरुको बिकास गरि मुखबाटै सेवन गर्न सकिने (Oral Administered Drugs) औसधी पत्ता लगाईने बैज्ञानिकहरुको भनाई छ |
यस अनुसन्धानरत कार्यको नयाँ तथा हाल भैरहेका जानकारीहरु लिन हाम्रो फेसबुक पेज (FACEBOOK PAGE) हेर्न हुन र मनपराई पछ्याउन (LIKE AND SUBSCRIBE) गर्नु हुन हार्दिक अनुरोध गर्दछौ|
यो रोग र यसको उपचारको बारेमा सक्दो प्रचार गरम |

थप जानकारीको लागी
Facebook page: GDNF mimetics

News

  • Annual newsletter no. 4 (01.11.2017) 04/12/2017
  • Scientific achievements during 3rd year of the project 15/05/2017
  • Annual newsletter no. 2 (20.4.2016) 05/08/2016

Links

  • Molcode Ltd.
  • University of Helsinki (UoH)
    • Institute of Biotechnology
    • Faculty of Pharmacy